१४ माघ २०८२ बुधबार
image/svg+xml
समाज

चार सांसद चढेको कार डिएसपीले चलाएको गाडीसँग ठोक्किएपछि...

कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन आउँदै गरेका चार प्रदेशसभा सदस्य सवार गाडी दुर्घटना भएको छ। 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा सोमबार दिउँसो प्रदेशसभा सदस्य चढेको कार र नेपाल प्रहरीका डिएसपीले चलाएको कार एकआपसमा ठोक्किएर दुर्घटना भएका थिए। मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले भने, ‘सवारी दुर्घटनामा मानवीय क्षति भएको छैन, कारमा मात्रै क्षति पुगेको छ।’  

नीति तथा कार्यक्रमको बैठकमा सहभागी हुन झापाबाट विराटनगर आउने क्रममा बिएई १४०६ नम्बरको कारमा सवार प्रदेशसभा सदस्यहरू मैयाँ श्रेष्ठ लावती (कांग्रेस), राधाकृष्ण खनाल (एमाले), नम्बरलाल धिमाल (एमाले) र विद्या चाम्लिङ (एस) थिए। यो कार पाँचथरकी सांसद मैया श्रेष्ठको हो। 

सो कार झापाको दमक नगरपालिका–१ का ४० वर्षीय भेषराज श्रेष्ठले चलाएका थिए। उता, विराटनगरबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले चलाएका थिए। दुर्घटना सोमबार दिउँसो २ बजेतिर भएको डिएसपी जोशीले बताए। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०८२ २०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App