काठमाडाैंसहित चार जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं, महानगरपालिका-२६ विरेन्द्र ऐश्वर्या मार्गस्थित सगरमाथा गेष्ट हाउसको २०१ नम्बरको कोठामा अर्घाखाँची सन्धिखर्क नगरपालिका-३ घर भएका ४० वर्षीय विनोद खत्री आइतबार मृत अवस्थामा फेला परेका छन्।
झापा, भद्रपुर नगरपालिका-४ बद्रीगाउँस्थित मकैबारीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी झापा, कचनकवल गाउँपालिका-३ सन्थाल बस्ती बस्ने २६ वर्षीया आस्मा मर्डी आफ्नै घर नजिकैको बाटोमा आइतबार मृत अवस्थामा फेला परेकी छन्।
कास्की, पोखरा महानगरपालिका-१४ विजय बस्तीस्थित विजयपुर खोलामा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन्।
म्याग्दी, धवलागिरी गाउँपालिका-५ मल्कावाङ खाम्चास्थित जङ्गलमा हाल नाम, थर र वतन नखुलेका पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २८ वैशाख २०८२ १७:२४ आइतबार





