बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित सडकमा बा.प्र.०२-०३९ प १०८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका-३ स्वयम्भू बस्ने ३५ वर्षीय उमेश लामाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको बयोधा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २८ वैशाख २०८२ १७:१३ आइतबार





