२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

गोदावरीमा जैविक प्रविधिबाट पहिरो नियन्त्रण

गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रणको काम अघि बढाएको छ। नगरपालिकाले भेटिभर नेपालको प्राविधिक सहयोगमा नमूना परियोजनाका रूपमा पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेको छ।

गोदावरी नगरपालिका–२ को किटाचौर, बिष्टछापमा रहेको जोखिमयुक्त पहिरोमा आज भेटिभर बिरुवा रोप्दै नगरप्रमुख गजेन्द्र महर्जनले भेटिभरजस्ता जैविक प्रविधिबाट पहिरो नियन्त्रण प्रभावकारी भएको र यसलाई पालिकाभर विस्तार गर्ने बताए।

गोदावरी–२ का वडाध्यक्ष मनोहर सिलवालले हरित पूर्वाधार बनाउने योजनासहित गोदावरीलाई नेपालको पहिलो कार्बन नेगेटिभ पालिकाका रूपमा स्थापित गर्न सकिने बताए। भेटिभर प्रविधि विश्वमै प्रभावकारी मानिएको र पहिरोको जोखिम भएको देशमा यसको प्रयोग विस्तार गर्नुपर्ने उनले जोड दिए।

काठमाडौँ उपत्यकासहित गोदावरीमा पहिरोको जोखिम बढ्दै गएकाले प्राकृतिक समाधानका रूपमा भेटिभर प्रयोग गरिएको वडाध्यक्ष सिलवालले बताए। संयुक्त राष्ट्रसङ्घले सन् २०२० देखि २०३० लाई पारिस्थितिक प्रणाली पुनःस्थापनाको दशक घोषणा गरेको सन्दर्भमा भेटिभरको प्रयोगलाई प्राथमिकता दिइएको उनले उल्लेख गरे। रासस

प्रकाशित: २६ वैशाख २०८२ १९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App