कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम पारित भइसके पछि प्रतिपक्षी दलले बैठक अबरुद्ध पारेको छ ।
कोशी प्रदेशसभाको मंगलबारको बैठकमा सभामुखले प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको घोषणा गरेपछि संसोधनको समय माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले उठेर बिरोध गरेपछि विवाद उत्पन्न भएको थियो ।
प्रदेशसभामा विवाद भएपछि सभामुख अम्बर बहादुर विष्टले प्रदेशसभा बैठक बुधबार दिनको ११ बजेसम्मका लागि स्थगित गरेका थिए । प्रदेशसभामा आइतबारदेखि सुरु भएको छलफलमा उठेकाप्रश्नको जवाफ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएका थिए ।
लगत्तै सभामुखले नीति तथा कार्यक्रम निर्णर्यार्थ प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम पारित भइसके पछि विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संशोधन गर्ने समय नदिइएको बताउँदै उठेर विरोध गरेका थिए ।
त्यसपछि विपक्षी सबै सांसदहरु उठेर विरोध गरेपछि बुधबारसम्मका लागि बैठक स्थगित भएको हो ।
प्रकाशित: १२ जेष्ठ २०८३ १९:४७ मंगलबार





