१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

चक्रपथ बाहिर पनि मेलम्ची पानी वितरण गरिँदै

काठमाडौं उपत्यका अन्तर्गत चक्रपथ बाहिरका क्षेत्रहरूमा पनि मेलम्चीको पानी वितरण गरिने भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का अनुसार चक्रपथ बाहिरका क्षेत्रहरूमा पनि मेलम्चीको पानी वितरण गर्न लागिएको हो।

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं उपत्यकाका चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिँदै छ।

नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्कको सहयोगमा सुरु गर्न लागिएको काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं, बुढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायकर मध्यपुर थिमी नगरपालिकाहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको हो ।

आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिब ६३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण कार्य निर्माण सुरु भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

प्रकाशित: २२ वैशाख २०८२ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App