कपिलवस्तुको वाणगङ्गा नगरपालिका ४ दरखास्तबाट ब्राउन सुगरसहित २ कारोबारी पक्राउ परेका छन ।
प्रहरीले बिशेष सुचनाका आधारमा बिहिबार मध्यरातमा प्रतीक्षालयको किनारबाट १०२ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्रेको हो । भे १२ प १७८७ नं. को मोटरसाइकल खडा गरेर प्रतीक्षालयमा रहेको काठको बेन्चमा बसिरहेको अवस्थामा २ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ७ का ३० वर्षीय विशाल गुप्ता र भारत, उत्तर प्रदेश बहराइच जिल्ला घर बताउने ३२ वर्षीय अमित पोरवाल रहेका छन ।
कालो प्लाष्टिकको पोका शंका लागी खोली हेर्दा सेतो प्लास्टिकभित्र दुई वटा पोकामा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लागु औषध फेला परको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए । अदालतबाट दिन ७ को म्याद लिई अनुसन्धान भई रहेको उनले बताए ।
प्रकाशित: ५ वैशाख २०८२ १८:०५ शुक्रबार





