निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिएका छन्।
२०८१ चैतको अन्तिम दिन आन्दोलनको चेतावनी दिएका संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नुअघि धर्ना दिएका हुन्।
कर्मचारीहरूले बिहीबार मात्रै विरोधका कार्यक्रम घोषणा गरेका थिए। जसअन्तर्गत आज संघीय मामिलामन्त्री, कानुनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो। ज्ञापनपत्र बुझाउनुअघि कर्मचारीहरूले धर्ना दिएका हुन्।
प्रकाशित: ५ वैशाख २०८२ १३:०४ शुक्रबार





