किरात राई प्राज्ञिक सङ्गोष्ठी-२०८१ प्रारम्भ भएको छ।
सङ्गोष्ठी किरात राई प्राज्ञ परिषद्को आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शनिबार (आज) काठमाडौंमा सुरु भएको हो।
भोलिसम्म चल्ने गोष्ठीमा आज आठवटा गोष्ठीपत्र प्रस्तुत हुँदैछन्। त्यसमध्ये डा. सोम बहादुर धिमालले 'किरात राईभित्रका अभौतिक सम्पदा सूचीकरणको महत्त्व किन ?', डा. शान्तिदेवी राईको 'नेपाल आदिवासी किरात राई महिलाहरूको मुन्दुमी संस्कृतिमा न्यून सहभागिता, मुन्दुमी सङ्कटको अवस्था', परशु बिराट राईको 'किरात राई समुदायमा रहेको मौखिक ज्ञान, सीप र प्रविधि' र यसोदा राईको 'समसामयिक किराती कवितामा पर्यावरणीय प्रतिविम्बन' गरी चारवटा गोष्ठीपत्र प्रस्तुत हुँदैछन्।
यस्तै लोकबहादुर बायुङ राईको 'दोलोकुम गीतको संरक्षण', जीतमान राईको 'चाम्लिङ समुदायको पाछा र सामै', सरिता राईको 'किरात सभ्यतामा महिलाको स्थान' र मेलिना पिल्मो राईको 'किरात पिल्मो राई जातिमा मिम्छा देवीको स्वरूप वायोमे' गरी आठवटा गोष्ठीपत्र प्रस्तुत हुँदैछन्।
भोलि पनि गोष्ठीपत्रका साथमा अरु विषयमा पनि छलफल हुनेछ।
कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगरले किरातहरूको इतिहास लेख्नै नसकिएको बताए।त्यसका लागि पनि यस्ता कार्यक्रम हुनु आवश्यक रहेको उनले बताए।
आदिवासी किरातहरूको ज्ञान निर्माणको उद्देश्यका साथ किरात प्रज्ञा परिषद्ले हरेक वर्ष सङ्गोष्ठी गर्दै आएको छ।
प्रकाशित: ३० चैत्र २०८१ १२:५५ शनिबार





