११ असार २०८२ बुधबार
image/svg+xml
समाज

शिक्षक आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त, तीनकुने-माइतीघर सडकमा यातायात ठप्प

काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त बनेको छ। बुधबार शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्मको सडक पुरै ढाकेर प्रदर्शन गर्दा उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त बनेको हो।

अहिले प्रहरीले सवारी साधनहरूलाई विभिन्न ठाउँबाट डाइभर्ट गरिरहेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार कोटेश्वरबाट आएका सवारी साधनहरूलाई तीनकुनेबाटै डाइर्भट गरिएको छ। 

त्यसैगरी भद्रकाली हुँदै गइरहेका सवारी साधनलाई माइतीघरबाटै डाइर्भट गरिएको छ। त्रिपुरेश्वरबाट गइरहेको सवारी साधनलाई थापाथलीबाटै डाइर्भट गरिएको छ।

गिरीले भने,'कोटेश्वरबाट आएका सवारीलाई सिनामंगल हुँदै रातोपुलबाट पठाएका छौँ। त्यसपछि नयाँ बानेश्वरबाट थापागाउँ हुँदै पठाएका छौँ। यता रत्नपार्कबाट गएका सवारीलाई बागबजार हुँदै पठाएका छौँ। त्रिपुरेश्वरबाट आएका सवारीलाई थापाथली हुँदै पठाएका छौँ।'

प्रदर्शनले गर्दा ट्राफिक व्यवस्थापनमा भने कठिनाइ भइरहेको उनले बताए। मुख्य सडक बन्द हुँदा अहिले भित्री सडकमा सवारीको चाप बढेको उनको भनाइ छ। अत्यावश्यक बाहेक उक्त क्षेत्रमा यातायात सञ्‍चालन नगर्न आग्रह गर्दै गिरीले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेका छन् ।  

विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले बुधबार पनि प्रदर्शन गरेका छन् । उनीहरू ८ दिनदेखि सडकमा उत्रेर विरोध प्रदर्शन गरिरहेका हुन् ।

प्रकाशित: २७ चैत्र २०८१ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App