११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
बजार

सुनको मूल्य एक हजार नौ सयले बढ्यो, चाँदी पनि महंगियो

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार (आज) सुन र चाँदी दुवैको मूल्य बढेको हो।

सोमबार सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँले बढेर दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १४० रुपैयाँले बढेर पाँच हजार एक सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०८३ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App