११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंमा आज पनि सहकारी र लघुवित्त पीडितहरूको प्रदर्शन

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

मंगलबार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन्। उनीहरूले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरूको बचत अपचलन गर्ने ठगहरू विश्वासघातीहरूको सात पुस्ते सम्पत्ति जफत गरेर शीघ्र पीडितहरूलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो। 

सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता प्लोकार्ड बोकेर नाराबाजी गरेका छन्। उनीहरूले सोमबार पनि शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म पुगेर प्रदर्शन गरेका थिए।

प्रकाशित: २६ चैत्र २०८१ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App