नेपाल प्रहरीले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको छ।
आइतबार नेपाल प्रहरीले एक सूचना जारी गर्दै तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको हो।
चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायतको क्षेत्रमा राजनैतिक दलका कार्यालय निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, व्यापारिक केन्द्र लगायतमा क्षति भएको र अनुसन्धान प्रमाणका लागि फोटो भिडियो उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको हो।

प्रकाशित: १७ चैत्र २०८१ १८:०२ आइतबार