६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
शिक्षा

हिसान स्पोट्स मिट: माघ १५ गतेदेखि २८ गतेसम्म

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ सुनसरीले बिहीबार (माघ १५ गते) देखि १२ औं संस्करणको हिसान स्पोटर्स मिट सुरु गर्दैछ । स्पोट्र्स माघ २८ गतेसम्म चल्नेछ ।  

हिसान सुनसरीले बुधबार इटहरीमा पत्रकार सम्मेलन गरि २५ भन्दा बढी शिक्षालयका ११ र १२ सँगै कलेजस्तरका ११ विधाका ३४ वटा खेल हुने आयोजक समितिका अध्यक्ष सागर भट्टराईले बताए । उनका अनुसार स्पोट्र्स मिट शिक्षालयहरुबिचको मित्रता र स्वच्छ प्रतिस्पर्धाको भावनाको रुपमा खेल उत्सवको रुपमा लिइनेछ । प्रतियोगितामा फुटबलबाहेक सवै खेलका विजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।  

फुटबल प्रतियोगितामा भने विजेतालाई नगद तीस हजार र उपविजेतालाई नगद १५ हजारसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । फुटबल प्रतियोगिता भने माघ १८ गतेदेखि २८ गतेसम्म इटहरी वडा नं. ३ को बुढासुब्बा खेलमैदानमा हुने आयोजक समितिका संयोजक सुवास लुईटेलले बताए । फिफा र एन्फाको राष्ट्रिय मापदण्ड अनुसार अन्डर १९ क्याटगोरीमा सञ्चालन हुने प्रतियोगिता राष्ट्रिय जागृति क्लब इटहरीको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ ।  

हिसान सुनसरीले २०६९ सालदेखि निरन्तर रुपमा हरेक वर्ष स्पोट्र्स मिट कार्यक्रम गर्दै आएको  छ । कार्यक्रम अन्तर्गत नै विद्यालय तहको पनि कार्यक्रम रहेको जानकारी दिइयो । जसमा विद्यालयका तहको कार्यक्रममा १० विधाका ४१ वटा खेल रहेको संयोजक लुईटेलले बताए ।  

 

प्रकाशित: १४ माघ २०८२ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App