१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ७:१२ पूर्वाह्न
समाज

तिनकुनेबाट चार जना प्रदर्शनकारी पक्राउ

प्रहरीले तिनकुनेबाट चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

नयाँ बानेश्वरतर्फ आउने बाटोमा बनाइएको ब्यारिकेड तोडेर प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई निषेधित क्षेत्रतर्फ जानबाट रोक्न प्रहरीले उक्त ब्यारिकेड बनाएको थियो । झडप हुन थालेपछि प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।

प्रदर्शनकारीले तिनकुनेमा रहेका केही निजी घरका शिशा फुटाउनुका साथै एउटा घरमा आगजनी पनि गरेका छन् ।

प्रकाशित: १५ चैत्र २०८१ १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App