जिल्ला समन्वय समिति (जिसस), काभ्रेपलान्चोकका प्रमुख दीपककुमार गौतम हिरासतमुक्त भएका छन्।
प्रहरीले उनलाई हिजो (बुधबार) काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको थियो। उनीविरुद्ध काठमाडौँमा परेको जाहेरीमा मिलापत्र भएको छ।
हिरासतमुक्त भएपछि उनले नागरिकसँग कुरा गर्दै आफू अन्यायमा परेको बताएका छन्। टुङ्गिसकेको विषयलाई लिएर आफूलाई हिरासतमा राख्नु अन्यायपूर्ण व्यवहार भएको भन्दै आफूले सुरु गरेको युवासम्बन्धी कामलाई यसले प्रभाव नपार्ने उनले स्पष्ट गरे।
'नियोजित रूपमा मलाई थुनियो। म अन्यायमा परेँ,' उनले भने, 'मैले सुरु गरेको युवासम्बन्धी काम निरन्तर रूपमा अघि बढ्छ। यसले यो कामलाई कुनै असर गर्दैन।'
प्रहरीको रेकर्डमा देखिएको सबै बैंकिङ कसुर मुद्दा मिलापत्रमा टुङ्गिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रकाशित: १४ चैत्र २०८१ १३:४३ बिहीबार