सिरहामा बोराभित्र एक शव फेला परेको छ । गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोलाको किनारमा बोराभित्र शव फेला परेको परेको हो ।
प्रहरी घटनास्थलमा पुगेर अहिले शव उठाउने काम गरिरहेको छ । अहिले आफूहरू घटनास्थलमै रहेको र शव उठाउने काम गरिरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुले बताए ।
प्रहरीका अनुसार, शवको कसको हो भन्ने कुरा अहिले यकिन भने हुन सकेको छैन । तर, सोही गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी छिन् ।
गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घरबाट निस्केकी थिइन् । तर, फर्केर नआएपछि आमा जाहेदा खातुनले चैत १ गतेमा प्रहरीमा निवेदन दिएकी थिइन् ।
मंगलबार भेटिएको शव उनकै हुनसक्ने आशंका स्थानीयको छ । तर, डिएसपी बाखुले भने शव कुहिएको अवस्थामा भेटिएकोले पहिचान गर्न अप्ठ्यारो भएको र अनुसन्धानपछि थप कुरा खुल्ने जनाए ।
प्रकाशित: १२ चैत्र २०८१ १३:३२ मंगलबार