१६ चैत्र २०८१ शनिबार
image/svg+xml १७:२३ अपराह्न
समाज

सुख्खा पहिरो हटाइएपछि खुल्यो लमजुङ-मनाङ सडक

मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक साढे पाँच घण्टापछि सञ्चालनमा आएको छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेको अक्टोपस झरना नजिकै बक्स कटिङ क्षेत्रमा सुख्खा पहिरो खसेपछि सडक सोमबार मध्यान्ह १२ बजेबाट अवरुद्ध भएको थियो।

पहिरोले सडक पूर्ण रूपमा बन्द हुँदा आवागमन प्रभावित भएको थियो। डुम्रे–बेसीशहर–चामे सडक आयोजना कार्यालयका सब-इन्जिनियर सुमन अधिकारीका अनुसार सोमबार साँझ साढे ५ बजेबाट सडक पुनः सञ्चालनमा आएको छ।

सडक खुलेसँगै बेंसीसहर–चामे सडकखण्डमा पुनः यातायात सञ्चालन भएको छ।

प्रकाशित: ११ चैत्र २०८१ १९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App