१० चैत्र २०८१ आइतबार
image/svg+xml २२:३३ अपराह्न
समाज

बसमा सवार महिलाको मृत्यु

झापाको बिर्तामोडमा सार्वजनिक बसमा सवार एक महिलाको मृत्यु भएको छ।

शुक्रबार (आज) झापाको दमकबाट बिर्तामोडतिर गइरहेको मे १ क २५४५ नम्बरको नागरिक यातायातको बसमा सवार ४३ वर्षीय कुमारी चेम्चोङको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसमा सवार चेम्जोङ झापाको झिलझिले भन्ने ठाउँ पुगेपछि एक्कासि बेहोश भएकी थिइन्। त्यसपछि उनको त्यहीँको लालिगुँरास हेल्थ क्यैरमा उपचार गरिएको थियो।

त्यहाँ नभएपछि उनलाई बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको थियो। तर, उनलाई साँझ ६ बजेर ५० मिनेट गएको बेला डाक्टरले मृत घोषित गरे।

मोरङको बसिया भन्ने ठाउँ घर भएकी चेम्जोङ दीर्घरोगी भएको खुलेको जिल्ला प्रहरी कार्यालय, झापाका इन्चार्ज मिलन केसीले जानकारी दिए।

प्रकाशित: ८ चैत्र २०८१ २१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App