१४ चैत्र २०८१ बिहीबार
image/svg+xml ६:४ पूर्वाह्न
शिक्षा

१४ हजार जनसंख्याका लागि एउटै विद्यालय, त्यो पनि आधारभूत !

पछिल्लो राष्टिय जनगणनाअनुसार भक्तपुर नगरपालिका वडा नं. १० को जनसंखया १३ हजार पाँचसय ७९ जनसंख्या रहेको छ।

यति जनसंख्याका लागि यहाँ एउटै मात्रै सरकारी स्कुल छ, त्यो पनि कक्षा ५ सम्म मात्रै अध्ययन/अध्यापन हुने। वडास्थित थालाछें टोलमा श्री हंसवाहिनी आधारभूत विद्यालय रहेको छ।

वडा कार्यालयले जनाएअनुसार त्यहाँ दुईवटा सरकारी आधारभूत विद्यालयहरू छन् तर, एउटा आधारभूत विद्यालयको भवन र विद्यार्थी अभावमा अर्काे वडामा सारिएको छ। दर्ता मात्रै वडामा रहेको छ।

भक्तपुर नगरपालिकाकाकै ठूलो वडाको रूपमा रहेको यस वडामा एउटै मात्रै सरकारी स्कुल रहे पनि यहाँ पढ्ने विद्यार्थीको भने कमी नै छ। पहिला त इँटाभट्टा चल्दा ६ महिना मात्रै स्कुलका विद्यार्थी हुन्थे।

स्कुलका प्रधानाध्यापक सूर्यबहादुर फोंजू।

स्कुलका प्रधानाध्यापक सूर्यबहादुर फोंजू भन्छन्, 'अहिले त्यस्तो छैन, स्थानीयका पनि बच्चाहरू पढछन्।' उनका अनुसार स्थानीय बालबच्चा नभएकाले सिजनमा इँटा पार्न रोल्पा, रुकुमलगायतका विटक जिल्लाहरूबाट परिवारसहित आउने गरिबका बालबच्चा मात्रै हुन्थे। इँटाभट्टाको सिजन सकेपछि उनीहरू परिवारसहित घर फर्केपछि स्कुल विद्यार्थीविहीन हुन्थ्यो। इँटाभट्टा प्रत्येक वर्ष मंसिरदेखि वैशाखको ६ महिना चल्छ।

अहिले वडामा डेरामा बस्ने परिवारका बच्चाहरूले स्कुल भरेको प्रधानाध्यापक फोंजू बताउँछन्। त्यसमा स्थानीयकै बच्चाहरू दश प्रतिशतको हाराहारीमा रहेको उनी सुनाउँछन्।

'यो स्कुल स्थापनाको ७३ वर्ष भएको छ। स्कुलमा अहिले ७८ जना विद्यार्थी छन्। स्कुलमा विद्यार्थी संख्या विस्तारै बढ्दै गएको छ,' स्कुलको ७३औं वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक फोंजूले भने।

स्कुलको ७३औं वार्षिकोत्सव समारोह।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालले स्कुलमा विद्यार्थी संख्या बढोस् भनेर नै आफूले पनि आफनो बच्चालाई निजी स्कुलमा नराखी त्यहीँ स्कुलमा राखेको बताए। 'धेरै शिक्षकहरू सरकारी स्कुलमा पढाउँछन् तर, आफना छोराछोरी चाहिँ निजी स्कुलमा राख्छन्,' उनले भने, 'त्यसो होइन भनेर समाजलाई उदाहरण बन्न पनि मैले मेरो छोरालाई सरकारी स्कुलमै पढाएको छु।'

वडा अध्यक्ष लक्ष्मीप्रसाद चवालले वडामा एक दर्जनभन्दा बढी निजी स्कुलहरू रहेको बताए। निजी स्कुलमा राम्रो रिजल्ट हुने तर, सरकारी स्कुलमा राम्रो नहुने भएकै कारण वडाबासीहरूले पनि सरकारीलाई छोडेर पैसा तिरेरै भए पनि निजी स्कुलमा राख्ने गरेको उनले सुनाए।

त्यही कारण सरकारी स्कुलहरूलाई पनि राम्रो बनाउन आफूहरू रातदिन नभनी लागेको उनी दाबी गर्छन्। 

प्रकाशित: १० चैत्र २०८१ २१:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App