काठमाडाैंमा चलिरहेकाे हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण आंशिक प्रभावित बनेको छ। करिब दुई घण्टादेखि चलिरहेकाे हावाहुरीले सबैजसाे जहाज उडान र अवतरण हुन सकेका छैनन्।
बुधबार साँझ चलेको हावाहुरीका कारण केही अन्तर्राष्ट्रीय उडान डाइभर्ट गर्न परेकाे विमानस्थल प्रमुख जगनाथ निरौलाले बताए उनका अनुसार भारतबाट आएको एयर इन्डिया र इण्डिगाे एयरलाइन्सका दुइवटा विमान अवतरण हुन नसकेपछि नयाँ दिल्ली डाइर्भट गरिएको छ। त्यस्तै चीनबाट आएको चिनिया विमान भैरहवा डाइभर्ट भएकाे छ।
अहिले हावाहुरी राेकिइसकेकाले जहाज उडान र अवतरण हुने क्रम सुरू भइसकेकाे विमानस्थल प्रमुख निराैलाले जानकारी दिए।
प्रकाशित: २१ फाल्गुन २०८१ १८:५८ बुधबार





