२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईको नाम सिफारिस भएको छ। उनी २२ दिनपछि अवकाशमा जाने छन्।  

आइतबार बिहान बसेको बढुवा सिफारिस समिति बैठकले डीआईजी भट्टराईलाई एआईजीमा सिफारिस गरेको हो। कर्णाली प्रदेश प्रहरी प्रमुख रहेका भट्टराई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरका ब्याचमेट हुन्। भट्टराई आगामी चैत ४ गते रातिदेखि अनिवार्य अवकासमा जाने छन्।  

यसअघिका एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि सोही स्थानमा डीआईजी भट्टराईलाई बढुवा सिफारिस गरिएको हो तर भट्टराईलाई अवकाशअघि एआईजी बनाउन केसीलाई राजीनामा गराइएको चर्चा छ।

महानिरीक्षक कुँवर, भट्टराईसहित २०५१ चैत ५ गते भर्ना भएका सबै अधिकारी आगामी चैत ४ गते रातिदेखि एकसाथ अवकास हुने छन्।

प्रकाशित: ११ फाल्गुन २०८१ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App