१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

नेपाली विद्यार्थी मृत्यु प्रकरण: केआईआईटीले गर्‍यो दुई कर्मचारी निलम्बित

नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरुलाई निलम्बित गरेको छ ।

केआईआईटी कलेजले एक विज्ञप्ति जारी गरेर दुई कर्मचारीहरुलाई निलम्बित गरिएको जानकारी दिएको हो।  कलेजले दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको बताएको छ।

कलेजले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागि परिएको पनि बताएको छ।

यो पनि पढ्नुहोस्

नेपाली विद्यार्थीमाथि केआईआईटीको अमानवीय व्यवहार, केटासाथीलाई दोष दिँदै पन्छिने प्रयास

भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी.टेक तेस्रो वर्ष पढ्दै गरेकी प्रकृति लम्साल आइतबार साँझ मृत भेटिएकी थिइन्।

घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका थिए ।  विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृतिको ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए।

विद्यार्थीहरूले प्रदर्शन गरेको भन्दै विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टेलबाट निकालेर विभिन्न ठाउँमा छाडिदिएको थियो।

प्रकाशित: ६ फाल्गुन २०८१ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App