पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्ष र सरकारबीच आज आज भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ।
यसअघि माघ २२ गते वार्ता हुँदा ६ बुँदे सम्झौता भएको थियो । अर्को वार्ता आज बस्ने तय भएको थियो । तर, आज भएको दुई पक्षीय वार्ता बिना निष्कर्ष टुङ्गिएको हो।
अन्तरदलीय मुक्कुमलुङ संरक्षण संघर्ष समितिले अब मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समितिको माग गरेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको बताइएको छ। त्यस्तै यसअघि सहमती भएका कुराहरु सहमति अनुसार कार्यान्वयन नभएको पनि संघर्ष समितिले जनाएको छ।
यसअघिको वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई बिनाशर्त छाड्ने सहमति गरेको थियो । तर सहमति विपरीत धरौटीमा तारिखमा छाडिएको संघर्ष समितिले जनाएको छ ।
सरकारले नो केबलकार पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सह सचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो।
प्रकाशित: २७ माघ २०८१ १४:४२ आइतबार