१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना

चितवनकाे भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा यात्रुवाहक बस दुर्घटना भएको छ।

मुग्लिङ-नारायणगढ सडक खण्डमा आज बिहान ४ बजेर ४० मिनेटमा नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलबाट २० मिटर तल खोल्सामा खसेको हो। बसमा सवार २ जनाको उद्धार गरी चितवन मेडिकल कलेजमा पठाइएको चितवन प्रहरीले जानकारी दिएको छ।

बसमा २९ जना सवार रहेको बुझिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने २२ जना मध्यम अवस्थामा छन्।  

सबै घाइतेहरूको सीएमसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ माघ २०८१ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App