१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

माटोको ढिस्कोले पुरिएर जुम्लामा महिलाको मृत्यु

घर लिपपोत गर्न माटो ल्याउन गएकी एक महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ।

शनिबार जुम्लाको चन्दननाथ नगरपालिका-६ की २५ वर्षीया विमला सुनारको माटो खन्ने क्रममा निधन भएको हो।

प्रहरीका अनुसार, उनी चन्दननाथ-४ स्थित मालाभिडमा माटो लिन गएकी थिइन्, जहाँ अचानक माटोको ठूलो ढिस्को खस्दा पुरिएकी थिइन्।

५/६ जनाको समूहमा माटो ल्याउन गएकी विमला ढिस्कोले पुरिँदा घटनास्थलमै ज्यान गुमाएकी हुन्। उनका साथमा गएका अन्य व्यक्तिहरू भने भागेर ज्यान जोगाउन सफल भए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदीलाल कामतीका अनुसार, घटनापछि विमलाको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ।

मृतक सुनारका श्रीमान् हाल वैदेशिक रोजगारीमा रहेको बताइएको छ।

प्रकाशित: १९ माघ २०८१ १६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App