१७ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

शीतलहर र चिसोले प्रभावित जनकपुरवासीको जनजीवन, उडान ठप्प

मधेस प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरूमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ। 

एकाएक चलेको चिसो हावा र गतराति शीतको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महसुस गरिएको हो। अत्याधिक चिसो र घाम अभावका कारण ग्रामीण जनजीवन ठप्प छ। 

दैनिक ज्यालादारी र मजदुरी गर्नेहरू मारमा परेका छन्। मधेसको जनजीवन बिहान १० बजेसम्म ठप्प नै हुन्छ। हुस्सु दिउँसो मात्रै खुल्ने गरेको स्थानीहरू बताउँछन्। 

चिसोबाट गरिब विपन्नहरूलाई धेरै समस्या छ। अहिलेको मौसमले बालबालिकाहरूलाई बढी असर गरिरहेको स्थानीयको भनाइ छ। केही दिनपछि मौसम खुल्ने अनुमान गरिएको स्थानीय बताउँछन्। 

बाक्लो हुस्सु र कुहिरोका कारण जनकपुरमा विमानहरूले उडान भर्न सकेको छैन। स्थानीय आगो तापेर तथा ग्रामीण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन्। जसका कारण आगोमा पोल्ने दुर्घटनाको पनि जोखिम छ। 

प्रकाशित: १७ माघ २०८१ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App