रुस-युक्रेन युद्धका क्रममा ज्यान गुमाएका ओखलढुंगाका ३७ वर्षीय विनोदबहादुर सुनुवारको शवको प्रतिरूप बनाएर सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
रूसी सेनामा आबद्ध सुनुवार २०८० असोज १७ गते रुस गएका थिए र ७५ दिनदेखि परिवारको सम्पर्कमा थिएनन्। तीन दिनअघि मात्र उनको मृत्युको खबर परिवारले प्राप्त गरेको थियो।
रुस सरकारले सुनुवारको मृत्यु पुष्टि नगरे पनि युक्रेनी हमलामा उनको मृत्यु भएको प्रत्यक्षदर्शीको विवरणका आधारमा परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको हो। अस्थायी रूपमा काठमाडौंको कीर्तिपुरमा बसोबास गर्दै आएका सुनुवारले नेपाली सेनामा १८ वर्ष सेवा गरेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार रुस-युक्रेन युद्धमा मारिएका नेपालीहरूको संख्या ४८ पुगेको छ। युद्धमा ज्यान गुमाएका सुनुवारको परिवारले सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्न आग्रह गरेको छ।
हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक
प्रकाशित: १४ माघ २०८१ १९:३० सोमबार