बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी छ ।
गत बुधबारबाट जारी थुनछेक बहसमा आज प्रतिवादीका तर्फबाट वकिलहरूको बहस गरिरहेका छन्। अहिले रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।
रवि तर्फको वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस सकेर मात्रै न्यायाधीशले फैसलाको निर्णय गर्ने छन् ।
प्रकाशित: १३ माघ २०८१ १२:२६ आइतबार