आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा गृह मन्त्रालय र निर्वाचन आयोगबीच छलफल भएको छ।
बिहीबार भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत तथा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायतको सहभागिता थियो।
बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल गरिएको छ।
प्रकाशित: १५ माघ २०८२ १२:१५ बिहीबार





