कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो । मन्त्रालयका अनुसार रुकुम पश्चिमको २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुन निर्माण गर्न लागिएको हो ।
विद्यालय भवनका लागि रु १९ करोड ६० लाख र पाँच स्वास्थ्य संस्था पुन निर्माणका लागि रु दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
प्रकाशित: २५ पुस २०८१ १२:१२ बिहीबार