२३ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

पाँच महिनामा सर्पको टोकाइबाट ७० जनाले ज्यान गुमाए

पाँच महिनाको अवधिमा नेपालमा सर्पको टोकाइबाट ७० जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीले आर्थिक वर्ष २०८१/८२ को श्रावणदेखि मंसिर महिनासम्म जनावरको आक्रमणबाट भएको मानवीय क्षतिको विवरण सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो।

प्रहरीले जानकारी गरेको विवरण अनुसार यस अवधिमा सर्पले डसाइबाट ७० जनाको मृत्यु भयो भने ५३२ जना घाइते भएको तथ्याङ्क छ भने २३६ जनालाई उद्धार गरिएको छ। यस अवधिमा हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको र तीन जनालाई उद्धार गरिएको छ। 

त्यस्तै, गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् र चार जनालाई उद्धार गरिएको छ। बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् र ११ जनाकाे उद्धार गरिएको छ। भालुको आक्रमणबाट भने कुनै पनि मृत्यु भएको छैन तर १५ जना घाइते भएका छन् र २ जनालाई उद्धार गरिएको छ। 

पछिल्लो समय नेपालका जनावरहरूबाट हुने मानवीय आक्रमणको घटना बढ्दै गएको प्रहरीको तथ्याङ्कमा देखिएको छ। 

प्रकाशित: २२ पुस २०८१ ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App