२२ पुस २०८१ सोमबार
image/svg+xml
समाज

असहाय, विपन्न, कमजोर, बेसाहाराहरूका लागि न्याय दूर भएको गुनासो छः प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसाहाराहरूका लागि न्याय दूर भएको गुनासो आएको बताएका छन्।

काठमाडौँमा आयोजित वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले असहाय, विपन्न, कमजोर, बेसाहाराहरूका लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो आएकाले गुनासोहरू मेट्न वरिष्ठ अधिवक्ताहरूले संकल्प गर्नुपर्ने बताए। उनले इच्छा र संकल्प लिएको खण्डमा असम्भव केही नरहेको भनाइ राखे।

अधिवक्ताहरू पथप्रदर्शक हुनुपर्ने जिकिर गर्दै प्रधानन्यायाधीश राउतले केही समय आफूले जानेका ज्ञान, क्षमता र समय असहाय, विपन्न र कमजोरका लागि छुट्याउन आग्रह गरे। उनले आम नागरिकहरूबाट पाएको आशीर्वाद वरिष्ठ अधिवक्ताको उपाधिभन्दा ठूलो हुने बताए।

प्रधानन्यायाधीश राउतले बदलिँदो परिवेश र समयमा सर्वोच्चको पाँचौँ पञ्चवर्षीय योजनाले ५० प्रतिशत मिलापत्र गर्ने महत्वकांक्षी उद्देश्य लिएको र वरिष्ठ अधिवक्ताहरूले मद्दत गरे उद्देश्य पूरा हुने दाबी समेत गरे।

प्रकाशित: २० पुस २०८१ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App