१४ पुस २०८१ आइतबार
image/svg+xml
समाज

उमेर पत्ता लगाउने सुगन्ध

यस्ताे पनि!

तपाईंको अघिल्तिर कोही व्यक्ति छ। ती व्यक्तिको उमेर पत्ता लगाउनु छ। अब तपाईंलाई कसैले सुँघेर ती व्यक्तिको उमेर पत्ता लगाउनुहोस् भनेर अह्रायो भने तपाईंले वास्तवमै तिनको उमेर पत्ता लगाउन सक्नु होला? यो चुनौती तपाईंलाई स्वीकार छ त? जसको उमेर पत्ता लगाउन तपाईं सुँघ्न अघि बढ्दै हुनुहुन्छ, उसले कुनै बास्नायुक्त तेल या परफ्युम लगाएको छैन। तर तपाईं उसको शरीर छेउ पुग्नेबित्तिकै एक खास किसिमको शारीरिक गन्ध चाल पाउनु हुनेछ। यही गन्धबाट तपाईंले ती व्यक्तिको उमेर पत्ता लगाउनुपर्ने हुन्छ।

यो चुनौती मैले दिएको होइन। यस्तो चुनौतीचाहिँ एउटा शोधबाट प्रेरित भएर मैले सुनाएको मात्र हुँ। हाम्रो शरीरले निकाल्ने गन्ध वा सुगन्ध सधैँ एकै नासको हुँदैन। हाम्रो जीवनको उमेरको फरक अवधिमा यसले आफ्नो सुगन्ध फेरिरहन्छ। यो फेरिनुले हामीभित्रको परिवर्तन, प्राकृतिक जीवन, सामाजिक र विकासात्मक झुकावजस्ता कुरालाई पनि बताइरहेको हुन्छ।

आमाबाको प्रेम बलियो पार्ने सुगन्ध

बालबालिकालाई हरकोही बोक्न चाहन्छ। यसका पछाडि तिनको शरीरबाट आउने एक किसिमको सुगन्ध पनि हो। बालापनमा पसिनाको ग्रन्थि निकै कम सक्रिय हुन्छ। छालामा रहेका माइक्रोबायोमका कारण हल्का सुगन्ध निस्कने गर्छ। रोचक त के भने आमाबुवाले आफ्ना बालबालिकाको सुगन्ध निकै मजाले चिन्छन्।

एकातिर आफ्नो बालक र अर्कोतर्फ अर्कैका सन्तान उभ्याइदिए र आँखा चिम्म गरे भने बाआमाले आफ्ना सन्तानको सुगन्धबाट नै तिनलाई चिन्छन्। यो सुगन्धले आमाबुवामा बालबालिकाप्रति भावनात्मक लगाव सिर्जना गर्छ र बालबालिकाका साथ खुशी र प्रेमपूर्ण भावनालाई सक्रिय पारिदिन्छ। बालबालिकाको सुगन्धले आमाबुवामा उत्पन्न भएका अनेकन् तनावका भावलाई कम गर्न भूमिकासमेत खेल्ने गर्छन्।

अध्ययन अनुसार, पोस्टपार्टम अवशादमा जाने आमाहरूलाई बालबालिकाबाट निस्कने प्रभावकारी सुगन्धबाट वञ्चित हुने गर्छन्। नवजात शिशुबाट आउने खास किसिमको सुगन्ध यति प्रभावशाली हुन्छ कि आमाबुवाले ती शिशुलाई जतिसुकै भए पनि खर्च गर्न प्रेरित गर्छ।     बाँकी आइतबारको अंकमा  

प्रकाशित: १२ पुस २०८१ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App