१४ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्री राणाले गरिन् नगरप्रमुख हमालको स्वास्थ्यलाभको कामना

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटेर  स्वास्थ्यलाभको कामना गरेकी छिन्। उनले शनिबार धनगढीस्थित नगरप्रमुख हमालको निजी निवास पुगेर स्वास्थ्यलाभको कामना गरेकी हुन्। 

भेटमा मन्त्री राणाले नगरप्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्। मन्त्री राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि नगरप्रमुख हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्। 

नगरप्रमुख हमाल केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि भारतको नयाँ दिल्लीमा उपचारपश्चात हाल घरमै स्वास्थ्यलाभ गर्दै आएका छन्। 

प्रकाशित: १४ पुस २०८१ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App