१२ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

सम्पर्कविहीन ३० जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका ३० जना प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

असोज महिनादेखि आफूखुसी गैरहाजिर रहेका र हेडक्वार्टरको सम्पर्कमा नरहेका प्रहरी कर्मचारीहरूको सूची बिहीबार सार्वजनिक गर्दै ७ दिनभित्र हाजिर हुन आउन प्रधान कार्यालयले निर्देशन दिएको हो।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने कार्यालयले जनाएको छ।

नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन छन्।

प्रकाशित: ११ पुस २०८१ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App