१० पुस २०८१ बुधबार
image/svg+xml
समाज

सुर्यदर्शन सहकारी ठगी प्रकरण: एमाले पूर्वसांसद मीना गुरूङ घरबाटै पक्राउ

गण्डकी प्रदेशका पूर्वसांसद तथा सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष मीना गुरुङलाई ठगी प्रकरणमा कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार साँझ गुरुङलाई पोखरा–११ स्थित उनको निवासबाट पक्राउ गरिएको हो।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएका प्रतिवादीमध्ये गुरुङ पनि एक हुन्। सहकारीको आर्थिक अनियमिततासम्बन्धी आरोपपछि उनीमाथि छानबिन सुरु भएको थियो।

प्रहरीले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ।

प्रकाशित: ९ पुस २०८१ २०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App