१० पुस २०८१ बुधबार
image/svg+xml
समाज

‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

प्रत्येक वर्ष डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई इसाई धर्मावलम्वीले  धार्मिक–सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन्। यस अवसरमा उनले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो। यिनै विविधताबीच मनाइने यहाँका विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ।

यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन्”, सभापति देउवाले भने।

‘क्रिसमस डे’ का अवसरमा सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका हुन्।

प्रकाशित: १० पुस २०८१ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App