बुधबार विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे हर्षोल्लासका साथ मनाउँदै छन्। नेपालमा पनि क्रिसमस डे विशेष उत्साह र उमङ्गका साथ मनाइने गरिन्छ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवको सम्झनामा यो पर्व मनाउने गरिन्छ। करिब दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको बेथलेहेममा येशु ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ। यस वर्ष क्रिसमसको अवसरमा सबैलाई केही संस्थाहरुले बिदा पनि दिइएको छ।
शनिबार क्रिसमसको पूर्वसन्ध्यामा क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस ईभ मनाए। विभिन्न चर्चहरूमा भेला भई एकअर्कालाई शुभकामना आदान-प्रदान गर्दै यो विशेष दिनको उत्सव मनाइएको थियो।
हेर्नुहोस् तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक
प्रकाशित: ९ पुस २०८१ २०:२५ मंगलबार