१० पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपा सरकारविरुद्ध सडकमा जाने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको पहिलो र दोस्रो दल मिलेर गठन भएको सरकारविरुद्ध सडकमा उत्रने निर्णय गरेको छ। नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार गठन भएको पाँच महिना बित्दा नबित्दै राप्रपाले असफलताउन्मुख रहेको भन्दै खबरदारी सभा गर्ने निर्णय गरेको हो।

मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकपछि राप्रपाले विज्ञप्तिमार्फत पुस र माघ सरकारविरुद्ध प्रदेश, जिल्ला र स्थानीय तहमा खबरदारी सभा गर्ने निर्णय गरेको छ। सरकारविरुद्धको खबरदारी सभालाई पार्टीको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्य राखेको उसले विज्ञप्तिमा भनेको छ, ‘एमाले–कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ। संसद्को पहिलो र दोस्रो दल सम्मिलित सरकार पनि जनतामा उत्साह पैदा गराउन असफल रह्यो।’  

सहकारीपीडितका समस्यामा गम्भीर बन्न सरकारलाई आग्रह गर्दै राप्रपाले बचत रकम हिनामिना गर्ने जोकोहीलाई कानुनी कारबाही दायरामा ल्याउन पनि माग गरेको छ। र, बचतकर्ताको बचत फिर्ता सुनिश्चित गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ।

प्रकाशित: १० पुस २०८१ ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App