भक्तपुरको बालकोटमा बुबा र छोरा मृत अवस्थामा फेला परेका छन्। सोमबार सूर्य विनायक नगरपालिका वडा नं २ बालकोट फिकाधारामा बस्दै आएका उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृत अवस्थामा भेटिएकोमा खोटाङ रुपाकोट मझुवागढी नगरपालिका १ घर भई हाल बालकोट बस्ने वर्ष ५६ को कुलप्रसाद आचार्य (बुबा) र निजको छोरा वर्ष २२ को प्रविण आचार्य रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
परिसरका सूचना अधिकृत ढुण्डीराज न्यौपानेका अनुसार बिहान करिब १० बजे बालकोटको साढे तीन तल्ले पक्की घरमा चार वर्षदेखि डेरा गरी बस्ने उनीहरु छुटाछुटै दुई वटा कोठामा बाहिरबाट ताला लगाई भित्र अचेत अवस्थामा रहेको जानकारी प्राप्त भएको थियो। जानकारी प्राप्त हुनासाथ परिसर भक्तपुरबाट र मध्यपुर थिमि वृत्तबाट टोली खटी बुझ्दा मृत अवस्थामा फेला परेको न्यौपानेले जनाए ।
प्रकाशित: ८ पुस २०८१ १२:५९ सोमबार