६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मतदाता रिझाउन व्यस्त उम्मेदवार

आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिक आउँदै गर्दा उम्मेदवारहरू मतदाताताको घर दैलोमा गएका छन्। नेताहरू मत माग्न गाउँ गाउँसम्म पुगिरहेका छन्।

यसबिच नेकपा एमाले कालीकोटबाट प्रतिनिधिसभाका उम्मेदवार नगिन्द्र शाहीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।शाही अहिले कालीकोटको विभिन्न पालिकामा आफ्नो चुनावी योजनाका साथ अभियानमा व्यस्त छन्।

शाहीसँगै उक्त अभियानमा समानुपातिक उम्मेदवार दुर्गबहादुर शाही, नेता जसिप्रसाद पाण्डे, कुर्मराज शाही लगायतको उपस्थितिमा जिल्लाका विभिन्न स्थानीय तहमा चुनावी कार्यक्रमहरू जारी राखेको नेकपा एमाले कालीकोटका सचिव पुष्पराज आचार्यले जानकारी दिए।

नेकपा एमालेद्वारा आयोजना गरिएका चुनावी कार्यक्रमहरू खाँडाचक्र नगरपालिकाको ६, ७, ८, ९ र १० मा जारी छन्। यस्तै शनिबार तिलागुफा नगरपालिकामा कार्यक्रम अन्तर्गत पार्टीको नीति, कार्यक्रम तथा आगामी योजनाबारे जनतालाई जानकारी गराइएको छ। साथै स्थानीय जनतासँग अन्तरक्रिया र भावी योजनाबारे जनतामाझ जानकारी गराउने कार्यक्रम रहेको छ।

कार्यक्रममा सहभागी नेताहरूले जनताको हकहितका लागि नेकपा एमाले प्रतिबद्ध रहेको बताउँदै भरोसा कालीकोटको संकल्प समृद्धिको नाराका साथमा आसन्न निर्वाचनमा मतदान गरी समर्थन गर्न आग्रह गरेका छन्।

प्रकाशित: १७ माघ २०८२ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App