२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

नेपालले मुम्बई एमसीए प्रेसिडेन्ट-११ विरुद्ध टस जित्यो, पहिला ब्याटिङ गर्ने

नेपाल र मुम्बई एमसीए प्रेसिडेन्ट-११ विरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएकाे छ। यी दुई टाेलीले आज दोश्रो अभ्यास खेल खेल्दै छन्।

शनिबार खेल मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियमा हुँदैछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले यस अघि मुम्बई एमसीए प्रेसिडेन्ट- ११ लाई पहिलाे अभ्यास खेलमा ७ विकेटले पराजित गरेको थियाे।

नेपाल र एमसीए प्रेसिडेन्ट-११ ले पनि तीन वटा अभ्यास खेल खेल्ने तालिका छ। यो अभ्यासपछि नेपालले क्यानडा र यूएईसँग पनि समान एक-एक अभ्यास खेल खेल्नेछ। नेपालले विश्वकपको तयारी स्वरुप यो अभ्यास खेलेको हो।

फ्रेबअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै नेपालले विश्वकपको सुरुआत गर्नेछ।

प्रकाशित: १७ माघ २०८२ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App