५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

डीआईजीद्वय सिंह र बोहोरा एआईजीमा बढुवा

प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले रिक्त दुई एआईजी पदमा सिंह र बोहोरालाई बढुवा गर्न गत मंसिर २८ गते सिफारिस गरेको थियो।

सिंह प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग नक्साल र बोहोरा प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा कार्यरत छन् ।

प्रकाशित: ५ पुस २०८१ १८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App