कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– ४ बुढ्ढी खेल मैदानमा नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ।
नगरपालिकाको आयोजनामा मेयर केशव कुमार श्रेष्ठले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गरिएको हो। सो अवसरमा उनले नगरपालिकाले खेल र खेलाडीको विकासलाई प्राथमिकतामा राखेको बताए। उनले नगरका खेलाडीले नगर, जिल्ला र देश मै नाम चिनाउन समेत मद्दत गरेको बताए। उनले खेल क्षेत्रकालागि प्रदेश, संघले समेत पर्याप्त बजेट बिनियाेजन गर्नु पर्ने बताए। उनले बुढ्ढीमा रंगशाला बनाउने तर्फ आफू लागी परेको बताए।
शुक्रवार २ खेल सम्पन्न भएका छन्। वडा नम्बर ४ र ३ बिच भएको पहिलो खेल वडा नम्बर ३ ले जितेको छ। शून्यका विरुद्ध २ गोल अन्तरले वडा नम्बर ४ ले खेल जितेको हो। यस्तै दोश्रो खेल वडा नम्बर १ ले वडा नम्बर २ लाई शून्यका विरुद्ध ५ गोल हान्दै जितेको हो। प्रतियोगिता कै प्रबल दाबेदार वडा नम्बर १ ले वडा नम्बर २ लाई खेल अवधि भरी आफ्नो दबदबा प्रदर्शन गरेको थियो। ११ मध्ये ६ वटा सहभागी रहेको प्रतियोगिता पुस ९ गते सम्म चल्ने छ।
विजयी टोलीलाई नगद ३५ हजार र कप प्रदान गरिनेछ। दोस्रोलाई २० र तेश्रोलfई १० हजार नगद प्रदान गरिनेछ। उदघाटन समारोहमा वाड नम्बर १ का अध्यक्ष तिलक बस्नेत, वडा नम्बर ४ का अध्यक्ष सुशील चौधरी, वडा नम्बर ९ का अध्यक्ष प्रमोद आचार्य, वडा नम्बर १० का अध्यक्ष संदीप पाण्डेय लगायतका सहभागी रहेका थिए।
प्रकाशित: ५ पुस २०८१ १८:१२ शुक्रबार