१८ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछुः नृपध्वज निरौला

.

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले संविधान र कानूनले दिएको जिम्मेवारी निर्भयताका साथ निष्ठापूर्वक पूरा गर्ने आफ्नो संकल्प व्यक्त गरेका छन्।

शुक्रबार सिंहदरबारमा भएको संसदीय सुनुवाइका क्रममा न्यायप्रति कुनै आग्रह वा पूर्वाग्रह नराखी काम गर्ने भन्दै उनले अग्रजहरूको शिक्षा र मार्गदर्शनलाई सधैं स्मरणमा राख्ने जनाए।  

प्रस्तावित न्यायाधीश निरौलाले छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादनमा आफू पूर्णतः समर्पित रहने र न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनासँग मेल खाने कार्ययोजना प्रस्तुत गरे।

"संविधान र कानूनले सुम्पिएको जिम्मेवारी निर्वाह गर्दा सधैं सबैको प्रिय हुन सकिँदैन, तर न्यायाधीशको मुख्य कर्तव्य नै न्यायको निष्पक्षता हो," उनले भने।

न्याय सम्पादनलाई प्रभावकारी बनाउन आवश्यक प्रविधि भित्र्याउने पनि उनको योजना रहेको छ।

प्रकाशित: २३ कार्तिक २०८१ १५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App