६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा छठी माताको पूजा आराधना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन्।

राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर बिहिबार अपरान्ह छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए ।राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुग्नुभएको थियो । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरेका थिए।

यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आरधना गरे।राष्ट्रपति पौडेल गुहृेश्वरी र  कमलपोखरीको पूजास्थल  पुग्दा  छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेको जनाइएको छ।  

प्रकाशित: २२ कार्तिक २०८१ १६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App