२७ मंसिर २०८१ बिहीबार
image/svg+xml

राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताएका छन्।

राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन

राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरेका छन्।

कोप-२९ नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको शिखर सम्मेलन कोप-२९ मा नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर भएकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबीच भेट हुँदै

राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुबीच मंगलबार भेटवार्ता हुँदैछ।

अमेरिका र चीनका लागि राजदूत नियुक्त

अमेरिका र चीनका लागि नयाँ राजदूत नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका लागि लोकदर्शन रेग्मी र चीनका लागि प्राडा कृष्ण प्रसाद ओलीलाई नियुक्त गरेका हुन्।

भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा छठी माताको पूजा आराधना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन्।

राष्ट्रपतिको अजरबैजान भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भगवतीको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा गरेका छन्।

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्।

राष्ट्रपति समक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारुआयोगले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रसङ्घको महासभामा सहभागिताबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीले दिए जानकारी

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार राष्ट्रपति भवन,शीतल निवासमा भेटवार्ता भएको छ।

भाषा, साहित्य, संस्कृति देशको गौरव र पहिचान : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा भाषा, साहित्य, संस्कृति देशको गौरव र पहिचान भएको बताएका छन् । भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त देशमा भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको उनको भनाइ थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्