२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

बर्दियामा गाडीको ठक्करबाट बालिकाको मृत्यु

गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।  

गुलरिया नगरपालिका–११ लालपुर स्थित फोर्स गाडीले ठक्कर दिदाँ ८ वर्षीया नाजिया साँईको शनिबार मृत्यु भएको हो । राजापुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४२६० नम्बरको फोर्स गाडीले शनिबार बिहान साढे ११ बजे ठक्कर दिदाँ घटनास्थलमै बालिकाको मृत्यु भएको  हो ।  

गाडी चालक बाँके खजुरा गाउँपालिका–७ का ३८ वर्षीय अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले जानकारी दिए ।

प्रकाशित: १९ वैशाख २०८३ १९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App