काठमाडौँको आलोकनगरस्थित एउटा घरको चौथो तलाबाट खसेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेल रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला खसेर निजको मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: ८ कार्तिक २०८१ १०:२८ बिहीबार